Bhairav aryal biography of michael

Coral simanovich biography templates

भैरव अर्याल (Bhairav Aryal) (वि.स. १९९३-२०३३ / स.न्. १९३६-१९७६) नेपाली साहित्यको हास्य व्यङ्ग्य फाँटका महान् प्रतिभा हुन् । उनको जन्म वि.स.

१९९३ असोज ५ गते ललितपुरको कोपुण्डोलमा भएको हो भने उनको निधन काठमाडौँको गोकर्णमा वि.स. २०३३ मा भएको हो । उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो । उनले काउकुती, जय भुँडी, गलबन्दी, इतिश्री, दश औतार आदि हास्य व्यङ्ग्य निबन्धका पुस्तकहरू लेखेका छन् ।


सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा व्याप्त विसङ्गतिप्रति  व्यङ्ग्य गर्नु उनको मुख्य विशेषता हो । मानवीय स्वभावमा रहने कमी कमजोरीप्रति पनि आलोचना तथा व्यङ्ग्य गर्नु उनका निबन्धको ‍उद्देश्य  रहेको देखिन्छ । उनी पाठकलाई हँसाएर व्यङ्ग्यको तितोपनालाई ग्रहण योग्य बनाउन समर्थ छन्। उखान टुक्काका साथै अनुकरणात्मक शब्दको विशिष्ट प्रयोग गरेर व्यङ्ग्यका लागि आवश्यक पाइनदार भाषाको प्रयोग  गर्न पनि उनी खप्पिस छन् ।

यसरी ४० वर्षमै अकाल मृत्युले आफ्नो ज्यान गुमाउनु परे पनि तीस वर्षको त्यो छोटो अवधिमै नेपालको हास्य व्यङ्ग्य निबन्धका क्षेत्रमा आफ्ना साहित्यिक रचनाले ठूलो योगदान पुर्‍याएका प्रसिद्ध हास्य व्यङ्ग्य निबन्धकार भैरव अर्याल साँच्चै नै एक महान् साहित्यकार हुन् । उनले आफ्नो शरीरलाई त्यागेर गए पनि उनि सधैं हाम्रो मनमा रहने छन्। आउनुहोस् हामी सबै मिलेर उनको स्मृतिका लागि एवं नेपाली साहित्यको उत्थान‌का लागि बनाइएको यस ब्लग (blog) लाई सफल तुल्याऊ ।